Comments Add Comment

आसफोर्डमा विदेशी पाहुनाको साथमा दसैंतिहार शुभकामना साँझ सम्पन्न

dashain-tihar-ukआसफोर्ड । बेलायतको आसफोर्डमा सगरमाथा गोर्खा नेपाली कम्युनिटी केन्टको आयोजनामा दसैं तिहार शुभकामना सााझ सम्पन्न भएको छ । नेपालीहरुको महत्वपूर्ण चाड दसैं तथा तिहारको उपलक्ष्यमा स्थानीय नर्टन न्याचबुल स्कुलको हलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । आसफोर्डबासी नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र उद्योगका ख्याती प्राप्त कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।

समाजका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा आसफोर्डका सभासद एमपी ड्यामिन ग्रीन प्रमुख अतिथि थिए । ड्यामिनले प्रमुख अतिथिको आशनबाट बोल्दै गोर्खाहरुको उपस्थिती युकेको विभिन्न ठाउहरुमा ठूलो संख्यामा रहेको र नेपालीहरुको लगनशिलता र इमान्दारिता प्रशंशनीय रहेको भन्दै नेपालीहरुको कामले स्थानीय अर्थ विकासमा समेत टेवा पुगेको बताए ।

UK-dashain-tiharयस्तै, केन्ट काउन्टी काउन्सिलर जर्ज कुवयर, आसफोर्डका सहायक मेयर गेराल्डिन डेयर र बि्रन, एन्ड्रयू मरटीमर, आशफोर्ड र डोभर कम्युनिटी लेयजन अफिसर का पीसी कटी कोरडानी, आशफोर्ड कम्युनिटी सेफटी युनिटका सर्जेन्ट ट्रेभर व्रेथवेट, गोर्खा पिस फाउन्डेसनका अध्यक्ष एवं क्यान्टवरीका काउन्सिलर बि्रन स्टेली, भूतपूर्व डेपुटी लेफ्टीनेन्ट कर्णेल पिटर बिशप र स्थानीयचन्दादाता बीजे हृवाइटलगायत थिए ।  नेपालबाट आएका नायक नायिकाहरु करिष्मा मानन्धर, धिरेन शाक्य, ध्रुवदत्त लगायतका कलाकारहरुको पनि उपस्थिती थियो ।

समाजका महासचिव रामप्रसादलिम्बु तथा नव उदयमान गायक गंगाराज राई र सयना गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष भाष्कर तितुङले स्वागत मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई समाजकातर्फबाट अध्यक्ष श्रीप्रसाद लिम्बु र लेडिज कमिटिका अध्यक्ष चन्द्रावती राईले खादा लगार्ई दिएर स्वागत गरेका थिए ।

त्त्यसैगरी स्थानीय डिजे बीसी राईले आफूले आयोजना गरेको एक कार्यक्रमबाट संकलित रकम समाजलाई सहयोग स्वरुप एक सय पैंसठी पाउण्डको चेक हस्तान्तरण गरेका थिए ।

dhirenकार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु पोपिराज राई, गोम्बा शेर्पा, धनबहादुर कुवर, दुर्गा पङमा लिम्बु, सामाजका संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बु लगायत अन्य व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सांस्कृतिक कार्यक्रमपछि समाजका खेलकुद सचिव शेरु माडेन लिम्बु र नायिका करिश्मा मानन्धरले संयुक्त रुपमा अति नै रोमांञ्चक तरिकाले राफेल-ड्र प्रस्तुत गरे । राफेल ड्र का प्रथम विजेताले १ तोलाफोर नाईन सुन प्राप्त गरे भने दोस्रो र तेस्र्रोविजेताले क्रमशः आइप्याड र नगद एक सय पाउण्ड प्राप्त गरे । राफेल-ड्रको इन्ट्री फी दुई पाउण्ड मात्र तोकिएको थियो ।

कार्यक्रममा स्थानीय सुष्मा क्याटरिङद्धारा स्वादिष्ट नेपाली परिकारहरुको साथमा क्याटरिङ सेवाको व्यवस्था गरिएको थियो । समग्र कार्यक्रमको संयोजन समाजका बरिष्ठ उपाध्यक्ष भाष्कर तितुङले र सांस्कृतिक संयोजन सुष्मा सुब्बाले गरेको सो कार्यक्रमको अन्तमा कक्टेल डान्सको आयोजना गरिएको थियो ।

मीन थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment