Comments Add Comment

मृगौला पीडितलाई जापानका गुल्मेलीबाट ५० हजार सहयाेग

Japan donetion३ कात्तिक, काठमाण्डौ । दुवै मृगौला फेल भएर अस्वस्थ भएका गुल्मीका रोमलालाल भण्डारीलाई जापानमा बस्ने गुल्मेलीहरुले ५० हजार सहयोग गरेका छन् । गुल्मी सेवा समाज जापानमार्फत धुर्कोट रजस्थल २ घर भई मानवअंग प्रत्यारोपण केन्द्र काठमाण्डौमा उपचाररत ३२ वर्षीय भण्डारीको उपचारका लागि ५० हजार सहयोग प्रदान गरिएको हो ।

शनिबार काठमाण्डौमा एक कार्यक्रमकाबीच गुल्मी सेवा समाज जापानका सह कोषाध्यक्ष वकिल जिसीले भण्डारीलाई उक्त रकम प्रदान गरेका थिए । गरिबीको कारण उपचारमा समस्या परेकाहरुको ज्यान बचाउनका लागि आफूहरुले जापानमा काम गरेर संकलन गरेको थोरै रकम संकलन गरी सहयोग गरेको जिसीले बताए ।

कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य सुरेस भुसालले आफूले दुःख गरेर कमाएको रकमबाट परोपकारका लागि सहयोग गर्नेहरुको साधै कल्याण हुने उल्लेख गरे । पेशागत महासंघ नेपालका सल्लाहकार लोकराज भुसालले मृगौलापिडीत भण्डारीलाई ठूलो दुःखका साथ अहिलेसम्म बाचाउन सफल भएकोले अव तुरुन्तै मृगौला प्रत्यारोपणका लागि सहयोगको अपेक्षा गरे ।

रोमलालका भाइ महेन्द्रका अनुसार १६ महिनादेखि विरामी भण्डारीको १३ महिनादेखि डायलोसिस गर्दा १२ लाख भन्दा बढी खर्च भईसकेको छ । कार्यक्रममा वामी समाज जापानका पूर्वअध्यक्ष तेजेन्द्र केसी, समाजसेवीहरु रामप्रसाद भुसाल, डिलाराम आचार्य लगायतको उपस्थिती रहेको थियो ।

भरत पाण्डेयबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment