Comments Add Comment

प्रवासी नेपालीको भूमिकाबारे एडिलेडमा गोष्ठी

janasampark samiti-adiledएडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालको संविधानमा प्रवासी नेपालीको भूमिका विषयक गोष्ठी सम्पन्न भएको छ । मेलमिलाप दिवसको सन्दभर्मा नेपाली काँग्रेस निकट जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको आयोजनामा  भएको गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका नेता तथा संविधानसभाका सदस्य केशवकुमार बुढाथोकीले आगामी माघ ८ गतेभित्र संविधान बनाउने गरी आफूहरु लागिरहेको र विषेश कारणले तोकिएको समयमा संविधान नबने आगामी चैत्र सम्ममा कुनै हालतमा संविधान जारी भई नयाँ वर्षमा सबै नेपालीलाई संविधान उपहार दिने दावी गरे ।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक रमेश जोशीले शुभकामना तथा जनसम्पर्क समितिका सदस्य सुरेन्द्र रेग्मी लगायतले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाकालागि महावाणिज्यदूत दिपक धमला,, स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि व्यावसायी तथा नेपाली समुदायका प्रतिनिधिले एक आपसमा चाडपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

उक्त कार्यक्रमपछि साँसद बुढाथोकी जनसम्पर्क समिति सभापति सिटौला तथा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक जोशी लगायतका समूहले एडिलेडमा रहेका नेपालीभाषी भूटानी समूदायसँग छलफल गरेको जनसम्पर्क समिति अष्ट्रेलियाका अच्यूत धमलाले जानकारी दिए । भूटानी समूदायका नेतृत्व पंक्तिका मोहन भट्टराई,  कमल दाहाल लगायतसँग आपसी सामुदायिक हितकाबारेमा छलफल भएको धमलाले बताए ।

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति सन्तोष सिटौलाले समिति भित्रको आन्तरिक विवादका कारण आफूले नचाहिदा आरोप खेप्नु परेको गुनासो गर्दै आगामी दिनमा समितिका विवाद टुङग्याई एकजुट भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैवीच  जनसम्पर्क समिति साउथ अष्ट्रेलिया राज्य शाखा  हालै गठन भएको  छ  । जनसम्पर्क समितिका नविन कँडेलका अनुसार रामबहादुर थापा संयोजक रहेको समितिमा नमराज मुडभरी सचिव तथा सुरेन्द्र रेग्मी,, कमल सुवेदी, मधुकर लामा संगीता बुढाथोकी र रविन्द्र बस्नेत सदस्यमा चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment