Comments Add Comment

वनसाँघु माविलाई सिन्धु–युएसए वेलफेयरद्वारा ३५ लाख सहयोग

sindhu-sahayog-samjhauta३ कात्तिक, चौतारा । सिन्धुपाल्चोकको माङ्मामा साउन १७ गते राति गएको पहिरोले क्षति पुर्याएको वन साँघु माविलाई सिन्धु–युएसए वेलफेयर सोसाइटी अमेरिकाले ३५ लाख रुपैंयाँ सहयोग दिने घोषणा गरेको छ ।

आइतवार सोही विद्यालयमा भएको एक कार्यक्रममा ३५ हजार ४०० अमेरिकी डलर सहयोग गर्ने घोषणा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम श्रेष्ठले बताए । आइतवार भएको सहयोग सम्झौता कार्यक्रममा सिन्धु–वेलफेयरका सचिव नवीन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम श्रेष्ठ, प्रधानसंरक्षक राजेन्द्र श्रेष्ठ, सिन्धु वेलफेयर सोसाइटी–नेपालका पदाधिकारी, समाजसेवी अमृत खड्का, अभिभावक सहभागी थिए ।

सहयोग सम्झौताअनुसार क्षतिग्रस्त भवन निर्माणका लागि सोसाइटीले सम्पूर्ण रकम माविको बैंक खातामा जम्मा गरिदिने जनाएको छ । अमेरिकामा बसोबास गर्दै आएका सिन्धुपाल्चोकबासीहरुको संस्थाले अमेरिकामा चन्द संकलन गरेको र उक्त रकम विद्यालयको भवन निर्माणका लागि दिने निर्णय भएको सिन्धु–युएसएका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

सिन्धु–युएसले जिल्लाका विभिन्न विद्यालयमा १० जना बालबालिकालाई आवासीय विद्यालयमा राखेर पढाउदै आएको सोसाइटीले जनाएको छ । याङरिमा बोर्डिङमा ८ जना, चाण्डेश्वरी बोर्डिङमा १ जना र कन्भेन्ट्री बोर्डिङमा १ जना निःशुल्क पढिरहेका छन् ।

त्यसैगरी, संस्थाले ब्लड क्यान्सर लागेका सिपापोखरे गाविसका सागर तामाङलाई २ लाख ९ हजार सहयोग गरेको थियो भने नवलपुर गाविसमा रहेको नवलपुर मावि र भीमटार गाविसमा रहेको सेतीदेवी माविलाई विद्यालयमा आइटी कार्यक्रमअन्तर्गत कम्प्युटर खरिद गर्नका लागि ६०÷६० हजार रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment