Comments Add Comment

भट्टराईको यार्साको हुक्का बजारमा

हिमाली ग्रामीण जनजीवनबारे लेखिएको पुण्यप्रसाद भट्टराईको यात्रा निबन्ध संग्रह ‘यार्साको हुक्का’ हालै सार्वजनिक भएको छ ।

Yarsa-ko-hukkaहिमाली जीवन रहेका रसुवा र सोलुखुम्बुका ग्रामीण बस्तीका फरक रीतिरिवाजलाई आफ्नो जागिरे जीवनमा भोगेका र देखेका अनुभूतिका आधारमा पुस्ताकाकार दिएको लेेखकले बताए ।

सार्वजनिक गर्ने क्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक गोविन्दराज भट्टराईले पुस्तकका प्रत्येक शीर्षकभित्र फरक शैली र अस्तित्व रहेको बताए ।
नियात्राकार युवराज नयाँघरेले बाल बोलीमा लेखिएको उक्त नियात्रामा आफैँ त्यस स्थानमा फन्को मारेजस्तो लाग्ने बताए ।

अन्तराटि्रय साहित्य समाजका उपाध्यक्ष राधेश्याम लेकालीले नेपालका हिमाली ग्रामीण जनजीवनलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन पुस्तकले सघाउने बताए ।

पुस्तक सार्वजनिक गर्दै नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले निजामती सेवकहरुले चाकडि चाप्लुसीको मार्ग भन्दा सिर्जनशील मार्गतिर लाग्न सुझाव दिए ।

पुस्तकमा २२ वटा यात्रा निवन्ध समेटिएका छन् । सक्रिय पत्रकारिताबाट निजामती सेवामा प्रवेश गरेका भट्टराई समसामयिक लेखनमा सकृय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment