Comments Add Comment

यू-१९ क्रिकेट टोलीको कप्तानमा राजु रिजाल

३ कात्तिक, काठमाडौं । एसीसी यू-१९ प्रिमियर ट्रफी क्रिकेटमा नेपालको कप्तानी राजु रिजाल गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार यू-१९ का लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो ।

राजुलाई कप्तान र आरीफ शेखलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । आरिफ राष्ट्रय टोलीबाट समेत खेलिरहेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा निरज मुखिया, ईर्साद अहमद, आशिष धामी, हेमन राई, शंकर राना, प्रेम तामाङ्ग र सौरभ खनाल छन् ।

यस्तै सन्दिप सुनार, योगेन्द्र कार्की, कुशल भुर्तेल, राजविर सिंह,सुशिल कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ, दिपेन्द्र ऐरी र अर्जुन चापागाईं पनि टोलीमा परेका छन् ।

एसीसी यू-१९ क्रिकेटमा नोभेम्बर ५ देखि १६ सम्म कुवेतमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment