Comments Add Comment

देउसी भैलो खेल्ने समय दुई घन्टा थप, राति ९ बजेसम्म खेल्न पाइने

३ कात्तिक, काठमाडौं । सरकारले तिहारमा रातको समय देउसी भैलो खेल्ने समय दुई घन्टा थप गरेको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म कायम गरिएको जनाएको छ । गृहले ३१ गते तिहारको समयमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएपछि चौतर्फी आलोचना भएको थियो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थपकमा लागि अनुरोध भएको र जिल्ला प्रशासन कार्यालयबाट समेत थप समय तोकिए सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सपकने प्रतिक्रिया आएकाले ७ बजेलाई संशोधन गरेर बेलुकी ९ बजेसम्म देउसी भैलो खेल्ने समय कायम गरिएको छ ।’

Dausi-vailo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment