Comments Add Comment

मधेसी र माओवादी मिले नेपाल हाम्रो हातबाट बाहिर जाँदैन : प्रचण्ड

Prachanda-in-Simrangaud

  • सभामा सहभागी नेताहरू । साथमा जयनारायण पटेलका छोरा । तस्वीरः संजय तिवारीको फेसबुक पेजबाट 

३ कात्तिक, वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी, आदिवासी र माओवादी मिले नेपाल आफ्नो हातबाट बाहिर नजाने बताएका छन् । उनले दिल्लीले मधेसीको कुरा मात्र नसुन्ने भन्दै माओवादी र मधेसी एक भएर भन्नु पर्ने बताए ।

प्रहरीसँग भएको झडपमा मारिएका जयनारायण पटेलको सम्झना सिम्रौनगढमा सोमबार भएको श्रद्धान्जली सभामा प्रचण्डले भने-‘मधेसी, आदिवासी जनजाति, दलित र माओवादी एक भए दुनियाँको कुनै पनि तागतले हामीलाई हराउन सक्दैन ।’

हिन्दीमा भाषण गर्दै सम्बोधन सुरु गरेका प्रचण्डले बीचमा नेपालीमा बोलेका थिए । उनले मधेसी र पहाडी एक भएर पहिचान र अधिकारको लडाइ लड्नु पर्ने बताए ।

मधेसीहरुको कुरा दिल्ली नसुन्ने भन्दै उनले भ्रममा नबस्न आग्रह गरे । दिल्लीका शासकहरुको सम्वन्ध नेपालका राणा ठकुरीहरुसँग रहेको भन्दै उनले भने-‘उनीहरुको कुरा सुन्न छाडेर दिल्ली मजदुर गरिबको कुरा किन सुन्छ ? दिल्लीले तपाईको कुरा सुन्दैन ।’

Simrangaud

कांग्रेस र एमाले सरकारलाई ‘अन्धो र बहिरो’ भन्दै उनले माओवादी र मधेसी मिलेर दिल्लीलाई भनेपछि काठमाडौंको सरकारले सुन्ने बताए । ‘काठमाडौंले सिम्रौनगढको वीरता र वैभावलाई मान्यता दिएन’ सरकारमा मधेसी भन्ने शब्द सुन्न नचाहने मानिसहरु रहेको भन्दै उनले भने-‘हुन त म पहाडको पनि हुँ । बाहुनको छोरा पनि हुँ र कम्युनिष्ट पनि हुँ । अब नयाँ आन्दोलन गरेर सिंहदरवारको अन्धो र बहिरो शासकलाई भत्काउन सकिन्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले माओवादी र मधेसीबीच फुट ल्याउने प्रयास भइरहेको भन्दै यो आफूसँगै मधेसी नेतका लागि समेत अग्नि परीक्षा भएको बताए । मधेस केन्द्रीत दलहरुलाई भारतले जे भन्छ त्यही मान्न भन्दै आफूलाई किन मधेसीलाई बोधेर हिडेको भनेर आफूलाई प्रश्न आउने गरेको उनले सुनाए । उनले भने-‘मधेसीलाई किन प्रचण्ड जस्तो फटाहको पछि लागेको भनिन्छ ।’

मधेसी, आदिवासी जनजातिलाई अधिकार दिने कि नदिने भन्ने बहस भइरहेको भन्दै उनले कांग्रेस र एमाले विगतको सम्झौता तोड्न लागेको आरोप लगाए ।

आफूलाई कांग्रेस र एमालेको संयोजक कि मधेसको नेता भन्ने जस्ता प्रश्न आएको भन्दै उनले बरु राजनीतिक संयन्त्रको संयोजक छोड्ने तर मधेसका जनतालाई नछोड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment