Comments Add Comment

बुटिकबाट महिलाको कपडा चोर्ने तीन पक्राउ

३ कात्तिक, काठमाडौं । बुटिकबाट ३२ लाख बराबरको महिलाका पहिरन चोरी गर्ने दुई भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन् ।

चारीमा संलग्न रहेकेा आरोपमा प्रहरीले भारत कोलकत्ताका चन्दन सिंघानिया र राजन सिंघानिया र जनकपुरका सचिन भन्ने श्रवण कुमार पौद्धारलाई पक्राउ गरेको हो ।

काठमाडौंको ज्ञानेश्वरस्थित रेणु राजभण्डारीले संचालन गरेको ऐश्वर्या द बुटिकमा गत असोज १० थते राति चोरी भएको थियो । उनीहरुले पसलमा भएको टीभीदेखि सारी, कुर्ता सुरुवाल र प्लास्टिकको झालो समेत गरी २३ लाख बराबरको चारी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट टीभी, सीसी टीभीको होर्डसिस्क बरामद गरेको छ । यस्तै ४१५ थान सारी, ३८५ थान लेन्गिज, १४५ थान टप्स, ९५ थान कुर्ता सुरुवाल, १० थान लेहेगां र पन्जा बरामद गरेको छ । रिमोट, सीमामा लगाउने ताल्चा र झोलाहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चारीमा संलगन चन्दन र राजन दाजुदाइ हुने भने श्रवन राजनका जेठान हुन् ।

चोरीकै लागि चन्दनले घट्टेकुलोमा भदौं २५ गते सटर भाडामा लिएका थिए । चोरीपछि उनीहरुले सामान भाडामा लिएको कोठामा लगेर लुकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment