Comments Add Comment

आयल निगममा मौसमी पोसाक भत्ता

nepal_oil_corporation४ कात्तिक, काठमाडौं । ३५ अर्ब घाटा र ३७ अर्व रुपैयाँ ऋणमा रहेको निगमका कर्मचारीले मौसमअनुसार वाषिर्क दुई पटक पोसाक भत्ता लिने गरेका छन् । निगम कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुई पटक पोसाक भत्ताको रकम बुझ्दै आएका छन् ।
हरेक वर्ष पदअनुसार निगमका कर्मचारीले १९ देखि २१ हजार रुपैयाँ पोसाक भत्ता लिने गरेका छन् । सबैभन्दा तल्लो तहका पियन, माली र स्वीपरले वाषिर्क १९ हजार ७९ र महाप्रबन्धकले २० हजार नौं सय ४८ रुपैयाँ पोसाक भत्ता लिने गरेको नयाँ पत्रिकामा खबर छ । निजामती कर्मचारीलाई भने सरकारले वर्षमा एकपटक सात हजार पाँच सय रुपैयाँ मात्रै पोसाक भत्ता दिने गरेको छ । ‘एक कर्मचारीले वर्षमा दुई पटक पोसाक भत्ताबापत रकम बुझ्छन्,’ निगम प्रवक्ता मुकुन्द घिमिरेले भने ।
स्रोतका अनुसार असोज र चैतमा निगम कर्मचारीले पोसाक भत्ता बुझ्दै आएका छन् । निगम व्यवस्थापनले ‘शीतकालीन र ग्रीष्मकालीन समय’ को व्याख्या गरी कर्मचारीलाई दुई पटक पोसाक भत्ता वितरण गर्ने निर्णय गरेको हो । निगममा ६ सय ३६ कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment