Comments Add Comment

मंगलबारका छापामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एन्फाका अध्यक्ष गणेश थापाले पद छाडेको, संविधान निर्माणमा कसैले रोक्न नसक्ने एमाले नेता ओलीले दाबी गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले ३२ हजार निजामती कर्मचारी कुण्ठा र निराशामा रहेको, आयल निगममा मौसमी पोसाक भत्ता वितरण गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले ज्यानै जाने रक्सी बन्न थालेको, नेत्रहीन क्रिकेटरको विश्वकप खेल्न सपना अधुरै रहेको, सहयोग माग्दा इबोलाको त्रास देखाइएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले एमाओवादी सहमतिमा नआए कांग्रेस एमाले जनतामा जाने, पेट्रोलियम मूल्य निर्धारणमा जालझेल भएको, निगमले उपभोक्ता ठगेर व्यवसायी पोसेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले कामचोर प्रवृत्ति, जताततै बेथिति रहेको, प्रचण्ड नआए पनि संविधान बनाउने एमाले अध्यक्ष ओलीको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-nayapatrika

2-annpurna

3-rajdhani

4-nagarik

5-gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment