Comments Add Comment

मंगलवारका दैनिक पत्रिकामा बिजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुका खबर छापेका छन् ।
कारोबार दैनिकले ओरिएन्ट म्याग्नेसाइट उद्योगको अघिल्लो मन्त्रले दिएको स्वीकृति नयाँ मन्त्रीले रोकेको खबरलाई प्रमुख खबर बनाएको छ । निजी क्षेत्रलाई सुम्पिएर सञ्चालनको अन्तिम तयारीमा रहेको खरिढंगा ओरिन्ट म्याग्नेसाइट उद्योग फेरि अन्यौलमा परेको छ । तत्कालिन उद्योगमन्त्री कर्णबहादुर थापाले सर्तसहित खानी सञ्चालनका लागि खेतान समूहलाई दिन प्रक्रिया अघि बढाए पनि मन्त्री फेरिनासाथ अहिले रोकिएको छ ।
यस्तै, यही वर्षभित्र दुई दर्जन नयाँ विमान, आर्थिक स्वतन्त्रतामा नेपाल खस्कियो, एनटीआईएको प्रारम्भिक सूचीमा ९ बस्तु, तामाकासीको सेयर किन्न ऋण, नेप्सेमा सामान्य गिरावट, बजारमा गुणस्तरहीन सामान छ्यापछ्याप्ती, लेखासमिति सदस्यबीच मत बाझियोलगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘नाफा नियन्त्रणमा ब्यवसायीको विरोध’ शीर्षकमा मुख्य खबर छापेको छ । मुलुकमा खुला बजार अर्थनीति भएको भन्दै ब्यवसायीले अधिकतम खुद्रा मूल्य (एमआरपी) आफै तोक्न पाउनुपर्ने माग गरेका छन् ।
यस्तै, एक्सरेले एयरपोर्टमा सास्ती, रसायनपीडितलाई ८ करोड क्षतिपूर्ति, टेलिकमले बाग्मतीमा उद्यान बनाउने, कात्तिक २१ देखि आभूषण प्रदर्शनीलगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘निचगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कानून बाधक’ शीर्षकमा मुख्य खबर छापेको छ । यो विमानस्थल निर्माण क्षेत्रमा करिब ९० प्रतिशत भूभाग बन क्षेत्रले ओगटेकोले वन ऐन संशोधन नगरेसम्म निर्माणकार्य अघि बढाउन नमिल्ने देखिएको छ ।
यस्तै, मूल्य घटेपछि पेट्रोल अभाव, एनबी इन्सुरेन्सको भविष्य एनबी बैंकमा निर्भर, पुष्प मेलामा ३० लाखको कारोबार, गियर बक्सका माध्यामल विजुली उत्पादन लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
आर्थिक दैनिकले ‘पर्यटन बोर्डमा भ्रष्टाचार भएको लेखा समितिको ठहर’ शीर्षकमा मुख्य खबर छापेको छ ।
यस्तै, बैंकहरुद्वारा कृषि कर्जा कार्यान्वयन गर्न अटेर, त्रिविको आयुर्वेद स्नातकले २५वर्ष सम्म पनि भारतमा मान्यता पाएन, अभिमुखीकरण तालिम दिने आठ संस्थामाथि कारबाही, उपसमिति निष्क्रिय हुँदा सहकारीको सम्पत्ति मूल्याङकन अन्योलमालगायतका खबर आर्थिक दैनिकमा छ ।

annapurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment