Comments Add Comment

एमाओवादीलाई देखाएर कांग्रेस संविधान नबनाउने खेलमा

congress-flag४ कात्तिक, काठमाडौ । एमाओवादीका कारण संविधान बन्न नसक्ने बाहनाबाजी बनाएर कांग्रेस सत्ता लम्ब्याउने रणनीतिमा लागेको संकेत मिलेको छ । माघ ८ गतेपछि एक मिनेट पनि कुर्सीमा बस्दिन भनेका प्रधानमन्त्री कोइरालाले संविधान नबन्दासम्म कुर्सी छोड्दिन भन्ने अभिब्यक्ति दिनु त्यसैको संकेत भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ । यसबाट सशंकित बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ गते संविधान ल्याउने कुरामा कोही कसैसँग सम्झौता नहुने चेतावनी दिएका छन् ।
संविधानका प्रमुख अन्तरवस्तुमा प्रमुख दलहरुबीच सहमति जुट्न नसक्दा संविधान निर्माणको काम अवरुद्ध हुँदै आएको, दृष्टि साप्ताहिकमा समाचार छ । १९ दिने जनआन्दोलनको साढे आठ वर्ष वितिसक्दा पनि एकथान संविधान बन्न सकेको छैन, जसले सिंगो मुलुकलाई अनिर्णयको बन्दी बनाएको छ । आखिर यसो किन भइरहेको छ ? कसका कारण मुलुक यति लामो समयदेखि नागरिक अगुवा र बुद्धिजिवीसम्मले यो प्रश्नको सहज उत्तर दिन्छन्, ‘एकीकृत नेकपा माओवादी ।’
संविधान बन्ने प्रशस्त सम्भावना हुँदा हुँदै आफ्नो स्वार्थसिद्ध नहुने देखेपछि पहिलो संविधानसभा नै भंग गराएका कारण एकीकृत माओवादीलाई सबैले बाधक शक्तिको रुपमा हेरेका हुन् । हुन त, त्यसको दण्ड दोस्रो संविधानसभा निर्वाचनमा जनताले दिइसकेका छन् । तथापि दोस्रो संविधानसभामा पनि उसको भूमिका फेरिएको छैन, विभिन्न बाहनामा संविधान निर्माणको प्रक्रियालाई पुनः ‘डिरेल’ गर्ने कुचेष्टा गरिरहेको छ । एमाओवादी मात्र नभई कांग्रसमाथि पनि अशंका बढेको छ । विशेष गरी कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको आइतवारको एक अभिब्यक्तिले त्यस्तो आशंका बढाएको हो । ‘संविधान नबन्दासम्म म कुर्सी छाड्ने छैन ।’, एमाओवादी नेता डा.बाबुराम भट्टराई मार्फत प्रधानमन्त्री सुशील कोइरालाले आइतवार आफ्नो मनसुवा बाहिर ल्याए । संविधान निर्माणलाई प्रधानमन्त्रीले यसरी सत्ता बार्गेनिङ बनाउन खोजेपछि त्यसले चर्कै बहस निम्त्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment