Comments Add Comment

यो वर्ष दुई दर्जन नयाँ विमान ल्याउने तयारी

plane-hi४ कात्तिक, काठमाडौ । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र झण्डै दुई दर्जन नयाँ विमान थप्ने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ८ वटा र निजी क्षेत्रका ५ कम्पनीले अरु १५ वटा विमान ल्याउने तयारी थालेका छन् ।
केही विमान नेपालमा अवतरण गरिसकेका छन् भने केही आउने तरखरमा छन् । आन्तरिक उडान गर्ने गोमा एयरले २ र सिमि्रक एयरलाईन्सले ४ वटा जहाज थप्दैछन् । हेलिकप्टर सेवाप्रदायक श्री एयरलाइन्सले ५, मनाङ एयरले १, सिमि्रक एयरले २ र फिस्टेलले एउटा हेलिकप्टर थप्न संस्कृति, पर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयबाट स्वीकृति लिएको कारोबार दैनिकमा खबर छ ।
गोमा एयरले दुईसाताअघि मात्र एउटा जहाज ल्याइसकेको छ भने अर्को जहाज एक महिनाभित्र ल्याउने तयारी भइरहेको प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । गोमाले चेकोस्लोभाकियाको जहाज निर्माता कम्पनी एलईटीले उत्पादन गरेको एक-४१० यूभीपी (ई २० सिरिज) का दुई जहाज (१९ सिट क्षमता) को सम्झौता गरेको छ । त्यसमध्ये एउटा आइसकेको छ । गोमाले हाल दुई वाटा सिंगल इन्जिन जहाजमार्फत दुर्गम क्षेत्रमा यात्रु चार्टर तथा कार्गो उडान गरिरहेको छ ।
नियमित उडान गरिरहेको सिम्रिकले पनि एक वर्षभित्रमै अमेकिी कम्पनी सिक्रोस्कीले पोल्याण्डमा निर्माण गरेका ४ वटा एम-२८ स्काई ट्रक ल्याउने भएको छ ।
राष्ट्रिय ध्वजाबाहक निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबसको ‘ए ३२०) सिरिजका दुई वटा र आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज भित्र्याउँदैछ ।
त्यस्तै, नयाँ कम्पनी सौर्य एयरलाइन्सले एउटा जहाज अवतरण गराइसकेको छ तर उसले उडान भने सुरु गरेको छैन । उसले थप दुई विमान ल्याउने योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment