Comments Add Comment

निर्णायक वार्ता गर्न तीन दलका नेता गोकर्ण रिसोर्टमा

४ कात्तिक, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दलका नेताहरू गोकर्ण रिसोर्टमा मंगलबार बिहानैदेखि भेला भएका छन् । अावासीय बैठक गरेर भए पनि सहमति जुटार्इ छाड्ने नेताहरूको दाबी छ ।

छलफलमा तीन दलका तीन-तीन जना नेताहरु सहभागी छन् । नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सहभागी रहेका बैठकमा  राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओली, माधवकुमार नेपाल र इश्वर पोख्रेल सहभागी हुनेछन् ।  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

एमाले अध्यक्ष केपी अोली बैठक स्थल नपुगेका कारणा अाैपचारिक रूपमा छलफल सुरू भएको छैन् । उपस्थित नेताहरूले अनाैपचारिक रूपमा दुर्इपक्षीय, त्रिपक्षीय छलफल गरिरहेका छन् ।

तीन दलको उच्चस्तरीय वार्ताबाट आएको सहमति पछि नेताहरुले मधेसकेन्द्रीत दलहरुसँग छलफल गर्ने कार्य योजना बनाएका छन् । मधेसी दल लगत्तै जनजाति तथा आदीबासी नेताहरुसँग छलफल हुनेछ ।
संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर कात्तिक ४ र ५ गते निर्णायक छलफल गर्नका लागि आग्रह गरेका थिए । उक्त आग्रहसँगै वार्तामा सक्रिय सहभागीता जनाउन र सहमित निर्माणका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।
संविधान निर्माणका लागि अन्तिम पहलस्वरुप प्रमुख तीन दलको निर्णायक वार्ता गर्न लागिएको भट्टराईले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment