Comments Add Comment

लुटपाट रोक्न राजमार्गमा रात्रि गस्ती

४ कात्तिक, सर्लाही । तिहार तथा छठ पर्वको बेला सवारी साधनमा हुने लुटपाटका घटना रोक्न सर्लाहीस्थित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा रात्रि गस्ती बढाएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको पश्चिमी सिमाना कर्मैयादेखि पूर्वी सिमाना बाँकेको बीचमा पर्ने जङ्गल क्षेत्रमा रात्रिकालीन गस्ती बढाएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । राति गुड्ने सवारीसाधनमा लुटपाट नहोस् भन्ने उद्देश्यका साथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रुपमा गस्ती सुरु गरेको प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीका विभिन्न स्थानमा रहेका प्रहरी पोस्टमा सुरक्षाकर्मी बसेर गस्ती गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment