Comments Add Comment

प्रहरी चौकी बनाउन जग्गादान

Nepal Police४ कात्तिक, इटहरी । इटहरी नगरपालिका-७ पुष्पलाल चौकमा रहेको प्रहरी चौकीलाई पूर्व प्रहरी खुवराज शर्माको सक्रियतामा आठ लाख रुपैयाँ मूल्य पर्ने साढे ६ धुर जमिन उपलब्ध भएको छ ।
स्थानीय समाजसे ठन्डमाया भण्डारीको स्वामित्वमा रहेको उक्त जमिन पूर्व प्रहरी खुवराज शर्माको सक्रियतामा भण्डारीले जग्गाको तीन लाख रुपैयाँमात्र लिने र बाँकी पाँच लाख रुपैयाँ छाडिदिने सर्तमा सो जमिन उपलब्ध गराएका हुन् ।
प्रहरी सेवाबाट निवृत्त खुवराज शर्माको संयोजकत्वमा प्रहरी चौकी भवन निर्माण समिति बनेको र सोही समितिको सक्रियतामा जग्गा प्राप्ति गर्ने कार्य पूरा भएकाले अब चाँडै नै उक्त जग्गामा प्रहरी चौकी भवन निर्माण गरेर शान्तिसुरक्षा मजबुत पार्ने अभियान सञ्चालन गरिने तयारी भइरहेको पनि शर्माले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment