Comments Add Comment

बेल्जियममा नेपाली युवाहरू संगठित

Belgium-youthबेल्जियम । बेल्जियमको ब्रुजमा बसोबास गरिरहेका नेपाली युवाहरुको सक्रियतामा “हाम्रो क्लब” नामक संस्था स्थापना भएको छ । बेल्जियममा रहेका बिभिन्न नेपाली तथा बेल्जिक संघ संस्था संग समन्वय गर्दै नेपाली भाषा साहित्य, संस्कृती र स्वस्थ जीवनशैली विकास गर्ने लक्ष्यका साथ संस्था स्थापना गरिएको युवाहरूले बताए ।

संस्थाको अध्यक्ष रमेश कंडेल छन् भने रेशमजंग कुँवर उपाध्यक्ष, निमा रुम्बा महासचिव, रामबहादुर मगर कोषाध्यक्ष छन् । सदस्यहरुमा ज्योती घिसिड०, विबेक थापा, राजन केसी, कामाक्षी दाहाल, सुजन टंडन, सनोज रिजाल, सामना रावत, कुशल श्रेष्ठ, आवाज अधिकारी, रक्कि थापा, विश्व पौडेल, शान्त गुरुड० रहेका छन् । एक जना सदस्य कार्यसमितिले चुन्ने गरी गठन गरिएको नवगठित संस्थाका अध्यक्ष कंडेलले बताए ।

स्पोर्ट हल भाडामा लिएर र नेपाली युवाहरुलाई नेपाली भाषा पढ्न सिकाउदै खेलकुदको माध्यमबाट नेपाली समाजलाई स्वच्छ र स्वस्थ राख्न संस्था क्रियासिल रहने कंडेलले जानकारी दिए । समाजबाट सधै लिने मात्र प्रवृत्ती रहेको नेपाली समाजमा अब नेपाली समाजलाई दिने कार्यको थालनी गरिने उनले बताए ।

यस संस्थाले विशेष गरेर युवा वर्गलाई अग्रसर गराई समाजमा भाईचाराको माध्यमबाट एकआपसमा मिलीजुली रहने र युवा प्रतिभाको विकास गर्ने कंडेलले बताए । राजनैतिक, धार्मिक र जातियताबाट भने संस्था टाढै रहने युवाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment