Comments Add Comment

एन्टामा नयाँ नेतृत्व 

ANTA Convention -1टेक्सास । अमेरिकामा रहेका तराइवासी नेपालीहरुको संस्था एशोसियसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा) मा नयाँ नेतृत्व चयन भएको छ । शनिवार टेक्सासमा सम्पन्न एन्टाको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा निवर्तमान प्रमुख प्रवक्ता डाक्टर जयप्रकाश (जेपी) साहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

आगामी दुई वर्षका लागि गठन गरिएको नयाँ कायर्समितिको वरिष्ठ उपाध्यक्ष सुनीलकुमार साह (टेक्सास), उपाध्यक्ष राजेश शाह (ओहायो), महासचिव डा.अखिलेश सिंह (न्यू मेक्सिको), सह-सचिव मुकेश मेहता(टेक्सास) र कोषाध्यक्षमा डा.कौशल झा (टेक्सास) चयन भएका छन् ।

कार्यकारी सदस्यहरुमा डा. विजय झा (टेक्सास), अनिकेत शाह (न्यूयोर्क), विजय यादव (टेक्सास), कान्ता कादम्बिनी मल्लिक(आइओवा) र धिरज चौधरी(नेब्रास्का) रहेका छन् । नवगठित समितिबाट प्रमूख प्रवक्तामा अन्नापूर्णा देव (नर्थ क्यारोलिना) चयन भएका छन् ।

ANTA Convention 2नयाँ नेतृत्व चयनअघि शनिवार विहान भएको उद्घाटन सत्रमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्वडिन प्रोफेसर डाक्टर वीरेन्द्रकुमार मल्लिक र विशेष अतिथि अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराम घिमिरेले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।

अमेरिका र नेपालको राष्ट्रिय गान अनि डाक्टर नारायण देवबाट धार्मिक बन्दनासहित सुरु भएको कायक्रममा संस्थाले प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको थियो । स्मारिका संस्थाका सक्रिय सदस्य अमित शाहले संयोजन गरेका हुन् ।

ललित झाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व महासचिव रतन झा, संस्थाका पूर्व अध्यक्ष एवं एनआरएन आइसीसीका सदस्य डा. विनोद शाह, एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुली, नेपालबाट आएका तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृशेषचन्द्र लाल, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ्ग वाइवा, नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष गौतम दाहाल, नेप्लिज एशोसियसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरे, संस्थाका कोषाध्यक्ष एवं तेश्रो अधिवेशन आयोजक समितिका स्थानीय संयोजक डा. विजय झा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

ANTA Convention 2014 -3 मूख्य प्रवक्ता डा. जेपी साहले संचालन गरेको कार्यक्रममा मिस नेपाल युएसए २०१४ की विजेता खुश्बु मिश्र र संस्थाका महासचिव राजेश शाहले कार्यक्रम आरम्भ गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि डाक्टर मल्लिकलाई संस्थाको तर्फबाट पूर्व अध्यक्ष डाक्टर विनोद शाहले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न विषयका कायर्पत्र माथि छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment