Comments Add Comment

नेतालाई साक्षी राखेर माधव घिमिरेदेखि सत्यमोहनसम्म देउसी खेल्ने

madhav-satya-mohan

काठमाडौ । यसपालीको तीहारमा कबिबर माधवप्रसाद घिमिरे, संस्कृतिबिद् सत्यमोहन जोशी र तुलसी दिवस लगायतका अग्रज स्रष्टा देउसी कार्यक्रममा सहभागी हुने भएका छन् ।
नयाँ संविधान निर्माणका लागि दबाब दिन भन्दै मौलिक देउसीमा यी स्रष्टा सहभागी हुन लागेका हुन् ।
हास्य ब्याङग्य संस्था सिस्नुपानी नेपाल र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठानवाटै सुरु गरिने भएको छ । ५ कात्तिकमा खेलिने देउसी कार्यक्रममा घिमिरे, जोशी र दिवसले भट्याउने छन् भने अन्य स्रष्टाले देउसीरे भन्ने भएका छन् ।
सिस्नुपानी नेपालका महासचिब टंकराज आचार्यका अनुसार देउसी कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, संविधानसभाका अध्यक्ष, उपसभामुख लगायतलाई पनि सहभागी गराइने छ ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानीले अघिल्ला तिहारमा पनि मौलिक देउसी खेल्दै आएका थियो । यसपाली संविधान निर्माणका लागि दलहरुलाई दबाब दिन र मौलिक चाडको रक्षा गर्न देउसी कार्यक्रम आयोजना गरिएको महासचिब आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment