Comments Add Comment

४ किलो सुनसहित एकजना पक्राऊ

४ कात्तिक, वीरगन्ज । प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा सुन सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले नयाँ बसपार्क क्षेत्रबाट ४ केजी अवैध सुन सहित वीरगन्ज नगवाका बाच्पेर्इ मिश्रालाई पक्रेको हो ।

सो सुनको मूल्य मंगलबारको सुनको भाउ अनुसार १ करोड ८१  लाख ६ हजार रुपैयाँ बराबर रहेको छ ।

काठमाण्डौबाट रात्रीबसमा सुन लिएर मंगलबार विहान वीरगन्ज बसपार्कमा उत्रिएका मिश्राको शरीर खानतलासी गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसहित पक्राउ परेका मिश्रालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment