Comments Add Comment

हिमपातका कारण मुस्ताङ जाने आन्तरिक पर्यटक हृवात्तै घटे

 ४ कात्तिक म्याग्दी । म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने आन्तरिक पर्यटकको सङ्ख्या हृवात्तै घटेको छ ।

एक हप्ताअघि मुस्ताङको उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण राजधानीलगायत देशका विभिन्न ठाउँबाट बेनी हुँदै जाने पर्यटकको सङ्ख्यामा कमी आएको हो । मुस्ताङ भ्रमणको सिजन भए पनि हिमपातपछि धेरै पर्यटकले योजना रद्द गरेका छन् ।

 दसैँपछि हिमपात हुनुअघि दैनिक दुई हजार ५ सय जना पर्यटक मुस्ताङ जाने गरेकामा हाल दैनिक मुस्किलले ३ सय जना जाने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिको कालीपुल काउन्टरका निरीक्षक प्रवीण शाहीले बताए ।

 सिजनमै पर्यटक घट्दा यहाँको होटल र यातायात व्यवसायीलाई आर्थिक घाटा भएको छ । हिमपातपछि धेरै मानिस हताहत भएको सन्देश फैलिएकाले त्यसको असर आन्तरिक पर्यटक आगमनमा परेको बेनीका होटल व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भए पनि जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फालगायत क्षेत्रमा कुनै असर नगर्ने स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment