Comments Add Comment

खैरो हिरोइनसहित सुरेन्द्र साह पक्राउ

४ कात्तिक, चितवन । २ सय २५ ग्राम खैरो हिरोइनसहित सुरेन्द्र साह पक्राउ परेका छन् । पक्राउ परेका साहलाई चितवन प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ निवासी साहलाई तीनदिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक शान्तीराज कोइरालाले जानकारी दिए ।
लुकाई छिपाई काठमाडौं तर्फ लैजादै गर्दा प्रहरीले साहलाई भरतपुर-११ भोजाडबाट पक्राउ गरेको थियो । साहलाई लागु औषध ऐन २०३३ अन्तर्गत अदालतमा मुद्दा चलाई म्याद थप समेत गरेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा सो परिमाणको हिरोईनको ४० लाख मुल्य पर्ने प्रवक्ता कोइरालाले बताए ।
यसरी अवैध रुपमा हिरोइनको कारोबार गर्नेलाई १५ बर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना गर्ने कानुनी प्रावाधन रहेको छ ।
राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment