Comments Add Comment

कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना

A diamond company gives cars as Diwali bonusठूला चाडपर्वका अबसरमा आफ्ना कर्मचारीलाई उपहार दिनु अनौठो हैन् । तर, कुनै कम्पनीले एकैपटक १२ सय कर्मचारीलाई कार, घर र गहना जस्ता महंगा र बिलाशी उपहार दिन्छ भन्दा पत्याउन कठिन पर्छ ।
भारतको गुजरातस्थित एक डायमण्ड कम्पनिले आफ्ना कर्मचारीहरुलाई तिहारको उपलक्ष्यमा यस्तै बहुमूल्य उपहार दिएर बिश्वको ध्यान तानिदिएको छ ।
सुरतमा रहेको हरेकृष्ण एक्सपोर्ट कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको छ ।
कम्पनिका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनिले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए ।
उनले दि इकोनोमिक टाइम्ससँग भने- ‘बिगत ५ बर्षको अबधिमा कडा परिश्रम गरेका र कम्पनीप्रति बफादारिता देखाएका कर्मचारीलाई हामीले यो उपहार दिएका हौं ।’
सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।
‘म समाजबादी हैन, ब्यपारी हुँ’ ५० बषिर्य ढोलकियाले भने– मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहान्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’
सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो । उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए ।
तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment