Comments Add Comment

गोल गरेको खुसीमा खेलाडीको मृत्यु

४ कात्तिक, काठमाडौं । गोल गरेको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबल खेलाडी पीटर वियाकसैगजुआलाको मृत्यु भएको छ । बेथलेहम बेंग्थलेंग एफसीको तर्फबाट चानमारी बेस्ट एफसी विरुद्ध बराबरी गोल फर्काएलगत्तै २३ बर्षीय खेलाडी पीटरको मृत्यु भएको हो ।

mizoram-premier-league
पीटरको निधनपछि गरिएको श्रद्धान्जली कार्यक्रम । तस्वीर स्रोत : मिजोरम प्रिमियर लीगको फेसबुक पेज

गोल गरेलगत्तै उनले हावामा जिम्नास्टिङ गरेका थिए । तर, जिम्नास्टिङ गर्ने क्रममा उनको ढाडको हाड भाँचिएको थियो । त्यसपछि मैदानमै लडेका उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले उनको शल्यक्रिया गरे पनि बचाउन भने सकेनन् ।

जुन खेलमा उनलाई चोट लागेको थियो त्यो मिजोरम प्रीमियर लीगको एक राज्यस्तरीय खेल थियो ।

मिजोरम प्रीमियर लीगको आधिकारीक फेसबुक पेजमा लेखिएको छ, ‘मिजोरमका फुटबल जगतको लागि यो दुःखद दिन हो । फुटबल खेलाडीको निधनले उनको टीमका सबै साथीहरु, खेलाडी तथा प्रशंसकहरुमा हलचल पैदा गरेको छ ।’

‘पीटर एक रक्षात्मक मिडफिल्डर थिए । हमेशा आक्रामक खेल खेल्ने उनी एक सच्चा खेलाडी थिए,’ मिजोरमको फेसबुक पेजमा लेखिएको छ ।

पीटरले २१ नम्बरको जर्सि लगाएर खेल्थे । अबदेखि २१ नम्बर जर्सी कसैले पनि नलगाउने गरी बेथलेहम वेङ्गथलेङ्ग क्लबले निर्णय गरेको छ ।

बेथलेहम एफसी उत्तरपूर्व भारतको एक क्लब हो ।

भिडियो पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment