Comments Add Comment

शीर्ष नेता रिसोर्टमा, सभासदको आ-आफ्नै डम्फू

४ कात्तिक, काठमाडौं । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन तीन दलका शीर्ष नेता गोकर्ण रिसोर्टमा गोप्य छलफलमा रहेका बेला संविधानसभामा ती दलका सभासदहरुले आ आफ्नै डम्फू बजाइरहेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिबेदनमाथिको छलफलमा दलिय छाया स्पष्ट देखिएको छ । संविधासभाको बैठकमा भएको समितिको प्रतिबेदनमाथिको छलफलमा भाग लिने सभासदहरुले आ आफ्ना दलीय अडान राखेका छन् ।

छलफलमा भाग लिदै नेपाली कांग्रेसका सभासद मानबहादुर बिश्वकर्माले शीर्ष नेताहरुले धोका दिने हुन् भन्ने आशंका जनतामा रहेको बताए ।

उनले अब संवाद समितिको म्याद अन्तिम पटकका लागि मात्रै थप्न आग्रह गर्दै सहमतिका नाउमा समय नलम्ब्याई प्रक्रियामा जानुपर्ने धारणा राखे ।

नेकपा एमालेका सभासद भरतमोहन अधिकारीले समय थपिएमा कात्तीक १५ गतेसम्म्ा अन्तिम प्रयास गर्ने र सहमति नभएमा १६ गतेबाट प्रक्रियामा जानेगरि सहमति गर्नुपर्ने बताए ।

एकीकृत माओवादीका सभासद जनार्दन शर्माले सहमति बाहेक माघ ८ गते संविधान जारी गर्न नसकिने बताए ।  शर्माले सहमति बाहेकको प्रक्रियामा गएमा शान्तिप्रक्रियानै भंग हुने चेतावनी दिए ।

राप्रपा नेपालकी सभासद कुन्ती शाहीले संविधानसभालाई छायामा पार्ने गरी रिसोर्टमा गएर छलफल गर्नु स्वीकार्य नहुने बताइन् । सहमतिका नाउमा बिगतको संविधानसभाकै हविगत हुन लागेको उनको भनाइ थियो ।

मधेशी जनअधिकार फोरमका सभासद बिरेन्द्र महतोले सरकारको बजेट पारीत गरेकेा शैलीमा संविधान बन्न नसक्ने भन्दै सहमतिका आधारमा बनाउनुपर्ने बताए ।

छलफलपछि सहमति भएका बिषयलाई संविधान मस्यौदा समितिमा पठाइएको छ भने असहमतिका बिषयलाई संवाद समितिमा पठाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment