Comments Add Comment

विस्फोटक पदार्थबाट बालबालिकालाई जोगाउन आग्रह

४ कात्तिक, नवलपरासी । तिहार, छठ जस्ता पर्वहरुको समयमा पटका लगायतका विस्फोटक पदार्थको प्रयोगबाट बालबालिकाहरुलाई जोगाउन जिल्ला बाल कल्याण समिति नवलपरासीले अभिभावकहरुलाई आग्रह गरेको छ ।

पटकाजन्य पदार्थको प्रयोगमा बालबालिकाहरु बढी सम्लग्न हुने भएकाले समितिले यस्तो आग्रह गरेको हो ।

जिल्ला बाल कल्याण समिति नवलपरासीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले विज्ञप्ती निकालेर पटाका, भुईचम्पा, आतिसबाजी, विस्फोटक एवं प्रज्वलनशील बस्तुहरुको प्रयोगबाट बालबालिकालाई जोगाउन आग्रह गरेका छन् । यसैगरी तिहारको समयमा स्वास्थ्यमा प्रतिकुल असर पर्ने, चोटपटक लाग्ने, आगजनि तथा जिउधनको क्षति हुनसक्ने जस्ता बस्तुहरु किनबेच नगर्न पनि सबैलाई आग्रह गरिएको छ ।

बालबालिकाहरुप्रति सजग रहदै चाडपर्वहरु मर्यादित ढंगले चाडपर्व मनाउन सिकाउने दायित्व अभिभावक र सरोकारवालाहरुको रहेकोकाले बालबालिकाप्रति संवेदनशिल बन्न जिल्ला बाल कल्याण समितिले आग्रह गरेको हो ।

विगतका वर्षहरुमा पटाका पड्काउने र आतिसवाजी गर्ने क्रममा बालबालिकाको आँखा फुटेको, हात डढेको, आगजनि भएको, छतबाट लडेको, अरुलाई समेत चोटपटक लागेको र बालबालिकाले ज्यानै गुमाउनुपरेको घटना भएकाले समयमै सजगता अपनाउन सबै अभिभावक तथा सरोकारवालालाई बेलैमा सचेत रहन आग्रह गरिएको जिल्ला बाल कल्याण समिति नवलपरासीका बालअधिकार अधिकृत रवि गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment