Comments Add Comment

केपी ओलीलाई सहमतिभन्दा आफ्नै हातको चिन्ता

४ असोज, काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली गोकर्ण रिसोर्टमा आयोजित शीर्ष नेताहरुको बैठकमा सहभागी हुनुको साटो शिक्षण अस्पतालमा हातको ‘डे्रेसिङ’ गराउनतिर लागे ।kp-oli
‘ओलीजी नआउँदा शीर्ष नेताको औपचारिक बैठक बस्न सकेको छैन,’ गोकर्ण रिसोर्टबाट एकजना कांग्रेस नेताले अनलाइनखबरसँग भने, ‘ओलीजीले पहिले ११ बजे आइपुग्छु भन्नु भो, पछि १ बजे आउँछु भन्नुभयो, तर अहिले हातको डे्रसिङ गर्न टिचिङ अस्पताल पो जानुभएछ ।’
कांग्रेस, एमाले र एमाओवादीका नेताहरु गोकर्ण रिसोर्टमा मंगलबार बिहानैदेखि भेला भएका थिए । कांग्रेस र एमाओवादीका ६ जना नेताहरु समयमै भेला भए पनि एमालेका नेता ईश्वर पोखरेल र माधव नेपाल केही ढीलो गरी पुगेका थिए ।
गोकर्णमा ओलीलाई पर्खनेहरुमा शेरबहादुर देउवा, प्रचण्ड, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला र ईश्वर पोखरेल रहेका छन् ।
तर, केपी ओली बैठकमा नगएपछि दुई दलीय अनौपचारिक छलफल गर्दै ८ जना नेताहरुले दिउँसो २ बजेसम्म ओलीलाई पर्खेका हुन् ।
‘हामीले माधव नेपाल र ईश्वर पोखे्रललाई पठाएकै छौं, शिक्षण अस्पतालबाट ओलीका एक सहयोगीले अनलाइखबरसँग भने,’ओली कामरेड उपचारपछि सीधै घर जान पनि सक्नुहुन्छ ।’
यद्यपि गोकर्ण रिसोर्टमा आफूलाई पखिइरहेका शीर्षनेताहरुलाई भने ओलीले बैठकमा आउने बताएका थिए । उनी हातकाे उपचार गरेर अपरान्ह ३ बजे गोकर्ण रिसाेर्ट पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment