Comments Add Comment

गणेशमानको जन्मशताब्दीको अवसरमा बेल्जियममा गोष्ठी

Belgium-ganeshmanबेल्जियम । बेल्जियममा रहेका नेपालीहरुले २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक नेता गणेशमान सिह जन्मशताब्दीको अवसरमा गोष्ठी सम्पन्न गरेका छन् ।

गणेशमान केन्द्र बेल्जियमद्वारा आईतवार बेल्जियमको ब्रुजमा भएको कार्यक्रममा बोल्दै बक्ताहरुले नेपालको एकतन्त्रीय शासन विरुद्व बिपीसँगै मेलमिलापको नीति लिएर स्वदेश फर्केको उल्लेख गर्दै मुलुकको समृद्धिकोलागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि गणेशमान केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले गणेशमान सिंहको राजनीति प्रति रहेको निष्ठा र योगदानको चर्चागर्दै वर्तमान दलहरु देश र जनता प्रति निष्ठावान रही संबिधान निर्माण गर्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

यसैगरी बिशेष अतिथि जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले बिपीसँगै मेलमिलापको नीति लिएर स्वदेश फर्केको प्रसंग उल्लेख गर्दै मुलुक भित्रका दलहरुले प्रजातन्त्रको ग्यारेन्टी गर्दै मिलेर अघि बढ्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

उक्त कार्यक्रममा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा, राधाकृष्ण अधिकारी ,जनसम्पर्क समितिबेल्जियमका अध्यक्ष सन्तोष जोसी, गणेशमान केन्द्र जर्मनीका अध्यक्ष बिजय मोक्तान, आदीबासी जनजाती महासंघका कार्यबाहक अध्यक्ष बाबुराजा लामा, एभरेष्ट समाज बुर्गेका दुर्गा सुबेदी, जनप्रगतिशील मंचका कमल भारतीलगायतले गणेशमान सिंहकाे याेगदानकाे चचार् गरेका थिए ।

यस्तै, जनप्रगतिशील मोर्चाका मणी राइ, बाग्लुंग समाजका अध्यक्ष देबु शर्मा, तमु समाजका कमल गुरुङ, ओस्तंडे समाजका धर्म पाठक, चितवन सहायता कोष बेल्जियमका राधिका गौतम, राईकिरात समाजका मुना राईले गणेशमानको नेपाली नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गर्दै वर्तमान राजनैतिक दलहरुले पाठ सिक्नु पर्ने बताएका थिए ।

गणेशमान केन्द्र बेल्जियमका अध्यक्ष ऐकेन्द्र श्रेष्ठको अध्यक्षता र महासचिब कमल पन्थीद्वारा संचालन गरिएको कार्यक्रममा सूर्य देवी श्रेष्ठले अतिथिहरुलाई स्वागत गरेको थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment