Comments Add Comment

दिल्लीमा कान जाँचेर फर्केका राणाले भने- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ

४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिममशेर जबरा लामो समय दिल्ली बसेर नेपाल फर्केका छन् । दिल्लीबाट कानको उपचार गरेर फर्केका राणाले नेपाल फर्कनासाथ हिन्दु राष्ट्रको पक्षमा अभियान थाल्ने बताएका छन् ।

Pashupati-samserमंगलबार ऋषि धमलाको रिपोर्टस क्लबमा पुगेका राणाले भने- ‘८१ प्रतिशतभन्दा बढी जनता हिन्दु धर्म मान्ने भएको मुलकमा धर्मनिरेपक्षता स्वीकार्य हुँदैन, नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्छ ।’
अध्यक्ष राणाले धर्मनिरपेक्ष राष्ट्रको विपक्षमा पार्टीभित्र छलफल शुरु गर्ने यसबारे कमल थापा र खुमबहादुर खड्कासँग पनि छलफल गर्ने बताए ।
जबराले आफ्नो पार्टीले गणतन्त्र स्वीकार गरिसकेको बताउँदै अब कार्यन्वयन गर्नतिर लाग्ने बताए ।
उनले राज्यको पुन:संरचनामा आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउँदै मधेशमा दुई प्रदेश र बाँकी पाँच प्रदेश गरी सात प्रदेश बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment