Comments Add Comment

साहित्य समाज क्यानडाको साधारणसभा सम्पन्न  

sahityaक्यानडा । साहित्य समाज क्यानडाको साधारणसभा टोरोन्टोमा सम्पन्न भएको छ । क्यानडाका लागि नेपालका अबैतनिक महाबाणिज्यदूत डा. कुन्जर शर्मा प्रमुख अतिथि रहेको साधारणसभाले आगामी दुई वर्षको लागि साहित्यकार रमेश थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राधिका खरेल, महासचिब, सचिब र कोषाध्यक्षमा क्रमश: बिश्णु गौतम, रबिन थपलिया र लीलानाथ पाण्डे रहेका छन् ।

यसैगरि सदस्यमा डा. तुल्सी धरेल, डा. किश्मत भण्डारी, डा. गोबिन्दसिह रावत, अनुप न्यौपाने, मुक्ती गौतम,  राधिका अर्याल, सिर्जना लम्साल,  कुसुम ज्ञवाली, प्रदीप पौडेल, सुरेश ओली  रहेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष मुक्ती गौतमको सभापतित्वमा भएको कार्यक्रममा २१ जना कविहरुले आ-आफ्ना रचनाहरु बाचन गरेका थिए ।

समाजको साधारणसभाको अवसरमा साहित्य समाजले प्रकाशन गरेको प्रथम पुस्तक “क्यानडाका काव्य शुशेलीहरु” को लोकार्पण गरिएको थियो ।  सर्जक डा. राजन पोख्रेलले लोकार्पित कृतिमाथि समीक्षा गरेका थिए । श्रषटाहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं लक्ष्मी जयन्तीको स्मरण गरेका थिए ।

–रबिन थपलियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment