Comments Add Comment

झिलीमिली बत्ती बाल्न नदिने निर्णयप्रति महासंघको अापत्ति

४ कात्तिक, काठमाडौं । तिहारमा झिलीमिली बत्ती नबाल्न विद्युत प्राधिकरणले दिएको निर्देशनप्रति नेपाल उद्योग वाणिज्य jhilimili-tiharमहासंघले आपत्ती जनाएको छ ।

‘तिहारमा घर तथा कार्यस्थलमा झिलीमिली बत्ती बालेर धनधान्य लक्ष्मीको पुजा-आरधाना गर्नुपर्ने समयमा धम्कीपूर्ण भाषमा उत्सव बत्ती नबाल्न र विद्युतीय उपकरणहरु नचलाउन गरेको निर्देशनले आम जनताको भावनामा चोट पुग्न गएको छ’ महासंघद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।

विद्युत प्राधिकरणको यस्तो निर्देशनले विद्युतीय सामाग्रीको बिक्री वितरणमा समेत प्रत्यक्ष असर पर्ने हुँदा यस प्रकारको निर्णय तत्काल फिर्ता लिन महासंघले आग्रह गरेको छ ।

दैनिक विद्युट कटौतीको मार झेलिरहेका नेपालीलाई जति समय बत्ती आउँछ उक्त समयमा स्वतन्त्र रुपमा विद्युत उपभोग गर्न दिन पनि महासंघले सरकार तथा सम्बन्धित निकायमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment