Comments Add Comment

एक हप्तामा १४ अर्ब निक्षेप थपियो, कर्जा बढेन

४ कात्तिक काठमाडौं । पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँ निक्षेप थएकिो छ । तर, यस अवधिमा कर्जाको वृद्धि भने शुन्य छ ।

nrbनेपाल राष्ट्र बैंकका अनुसार गत असोज २४ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप १३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । त्यसको ठीक एक हप्ता अघि बैंकहरुको निक्षेप १२ खर्ब १८ अर्ब रुपैयाँ थियो ।

दशैंमा बाहिरिएको करम बैंकिङ प्रणलीमा फर्किएकाले निक्षेपको उल्लेख्य बढेको हो ।

निक्षेप १४ अर्ब रुपैयाँले बढेपनि कर्जा भने बढ्न नसकेको राष्ट्र बैंकले जनाएको छ । चाडबाडको समय भएकाले कर्जाको माग नआएकाले कर्जा बढ्न नसकेको हो ।

असोज २४ गते सम्ममा बैंकहरुले ९ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज १६ गतेपनि बैंकहरुको कूल कर्जा त्यति नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment