Comments Add Comment

सिन्धुपाल्चोक प्रहरीले समात्यो दुई दिनमै १७ किलो सुन

४ कात्तिक, सिन्धुपाल्चोक । १३ किलो सुन बरामद गरेको २४ घण्टा नबित्दै सीमा प्रहरी कार्यालय कोदारीले मंगलबार पुनः चार किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मंगलबारै ४० हजार ६ सय युरो र २ लाख जापनी यन सहित एक युवालाई पनि नियन्त्रणमा लिएको छ ।
तातोपानी बाट काठमाडौं जाँदै गरेको बा २ ख ३३६९ नम्बरको यात्रु बसमा सवार यात्रुको साथबाट चार किलो सुन बरामद भएको थियो । प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
त्यस्तै बा ३ ख १०४२ नम्बरको बोलेरोमा सवार बाह्रबीसे-१ काभुपेन्द्र बस्नेतको साथबाट युरो र जापनी ऐन बरामद गरेको थियो ।
सोमवार मात्रै प्रहरीले तातोपानी गाउँ विकास समितिको लाप्टाङ भन्ने स्थानबाट १३ किलो सुनसहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।
भरियालाई बोकाएर ठूलो परिमाणमा सुन नेपाल भित्रिँदै गरेको सुराक पाएपछि तातोपानी गाविसको बोक्चेन प्रहरीको टोली केही सातादेखि नेपाल र चीन जोड्ने स्थानीय झोलुङ्गे पुलमा ‘एम्बुस’ राखेर बसेका थिए ।
प्रहरीले चीनको खासास्थित लाप्टाङ भन्ने गाउँका ३१ बषर्ीया कान्छा शेर्पाको साथबाट प्रतिबन्धित १३ किलो सुनको बिस्कुट बरामद गरेको थियो ।
शेर्पाको शरीर खानतलासी गर्दा यो परिमाणको सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख डीएसपी दीपकराज खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment