Comments Add Comment

रिसोर्टमा बैठक गर्नु आपत्तिजनक : कमल थापा

kamal thapa  (3)४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानसभा चलिरहेका बेला तीन दलका नेताहरु रिसोर्टमा जानु संविधानसभाकै घोर अपमान भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संविधानसभाको बैठक चलिरहेका बेला तीन दलका ९ जना शीर्षनेताहरु गोकर्ण रिसोर्टमा संविधान निर्माणबारे छलफल गर्न भेला भएपछि राप्रपा नेपालका अध्यक्ष थापाले आक्रोश पोखेका हुन् ।
राप्रपा नेपालका नेताहरु मंगलबार संविधानसभाको बैठक सकेर राजधानीको बसन्तपुरमा आयोजित जनसभामा सहभागी भएका थिए ।
जनसभालाई सम्बोधन गर्दै तीनदलको कडा आलोचना गरेका अध्यक्ष थापाले टि्वट गर्दै भने-‘गंभीर बिषयमा छलफलका लागि संबिधानसभाको बैठक बसिरहेका बेला तीन दलीय सिण्डिकेट भने संबिधानबारे छलफल गर्न रिसोर्ट जानु संबिधानसभाको घोर अपमान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment