Comments Add Comment

गोकर्णको जंगलमा शीर्षनेताको कन्तबिजोग (तस्वीरसहित)

baburam-on-phone

हेल्लो केपी कामरेड ! कहाँ अाइपुग्नु भाे ?… छिटो आउनुपर्‍यो …

४ कात्तिक, काठमाडौं । तस्वीरमा डा. बाबुराम भट्टराई फोन गरिरहेका छन् । पृष्ठभूमिमा घना जंगल छ । यो कुनै जनयुद्धकालीन वनवासको दृश्य होइन । मंगलबार काठमाडौंको गोकर्ण जंगलमा रहेको रिसोर्टमा शीर्ष नेताको बैठकमा केपी ओली आउन ढीलो भएपछिको दृश्य हो यो ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई शीर्षनेताहरु एकै ठाउँमा जुटाउन भ्यागुताको धार्नी पुर्‍याउनजस्तै मुस्किल परेको छ । विहान ११ बजेदेखि गोकर्ण रिसोर्टमा आवासी वैठक गर्न जुटेका शीर्ष नेताहरु दिनभरिजसो एमाले नेतालाई कुर्दाकुर्दै हैरान बने ।

metting-at-gokarna4
मध्य दिनमा एमाले महासचिव ईश्वर पोखरेल र माधव नेपाल बैठकस्थलमा पुगे पनि केपी ओली चाँहि आउँछु-आउँछु भन्दै शिक्षण अस्पतालतिर हातको ड्रेसिङ गर्न गए । ओली गोकर्णमा पुग्दा बेलुकाको ३ बजिसकेको थियो ।

केपी ओली गोकर्ण रिसोर्टमा नगएपछि त्यहाँ रहेका प्रचण्ड, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, माधव नेपाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला र ईश्वर पोख्रेलले दिनभरि घाम तापेर र खाजापानी खाएर बिताए । कसैले पत्रिका पढे त कसैले कफी खाँदै जंगलको हावा खाए ।

केपी ओलीलाई कुर्ने क्रममा केही नेताहरु न्यानो घाममा झुम्म निदाएका थिए भने कसैले हाइ काढ्दै गरेको देखिन्थ्यो ।

baburam-and-narayankaji
शीर्षनेताहरु गोकर्णको जंगलमा बरेाजगार बनिरहेका बेला यता संविधानसभा भवनमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक गरिरहेका थिए । बैठकमा सेता कुर्सीहरु खाली थिए । पछिल्ला सीटमा केही सभासदहरु फाट्टफुट्ट देखिन्थे ।

शीर्ष नेताको अनुपस्थितिमा संविधानसभाले सहमतिको म्याद कात्तिक १५ सम्म थप गरेको छ । सभामुखले कात्तिक १५ सम्म सहमति भएका र नभएका विषयको प्रतिवेदन बुझाउन डा. बाबुारम भट्टराईको समितिलाई अन्तिम पटक म्याद थपेको बताएका छन् । माघ ८ को समय सीमालाई यथावत रादेर कार्यतालिकामा सामान्य हेरफेर गरिने नेम्वाङले बताएका छन् ।

metting-at-gokarna3
उता गोकर्णमा ओलीको अनुपस्थितिमा शीर्ष नेताहरुले औपचारिक बैठक गर्न नसके पनि अनौपचारिक छलफल गरे । कांग्रेस र एमाओवादी अनि एमाले र कांग्रेसवीच दुई दलीय छलफलको मञ्चन गरियो ।

अपरान्ह ३ बजे एमाले अध्यक्ष केपी ओली हातमा पट्टी बाँधेर गोकर्णको जंगलमा प्रवेश गरेपछि ९ जना शीर्ष नेताहरु बैठकमा जुटेका छन् ।

नेताहरुलाई बास बस्ने गरी गोकर्णको जंगलमा पुर्‍याइएको छ । तर, प्रचण्ड, केपी अोली, रामचन्द्र पौडेल र नारायणकाजी श्रेष्ठ राति अबेर भए पनि बास बस्न घरैमा फर्के भने अन्य नेताहरू  रिसोर्टमै बसेको एमालेका एक नेताले जानकारी दिए ।

deuba-baburam-sitaula
मंगलबार अपरान्हबाट सुरु भएको बैठकमा संविधानमा मिल्न नसकेका विषयमा सहमति जुटाउने नेताहरुको प्रयास छ ।
यसैवीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने संविधानसभाको बैठक चलिरहेका बेला तीन दलका नेताहरु रिसोर्टमा भेला हुनु संविधानसभाकै अपमान भएको बताएका छन् ।
रिसोर्टमा घाम ताप्दै बैठक गरे पनि सहमतिमा पुगे त ठीकै छ, तर जति दिन बैठक बसे पनि शीर्षनेताहरु सहमतिमा पुग्ने विश्वास जनतामा टुट्दै गइरहेको छ । हेरौं, मंगलबार रातिसम्म गोकर्ण रिसोर्टमा के के पाक्छ !

baburam-reading-news-paper

baburam-and-prachanda

metting-at-gokarna1

metting-at-gokarna2

neta
यो पनि पढ्नुहोस्

संवाद समितिको म्याद कात्तिक १५ सम्म थपियो

रिसोर्टमा बैठक गर्नु आपत्तिजनक : कमल थापा

केपी ओलीलाई सहमतिभन्दा आफ्नै हातको चिन्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment