Comments Add Comment

एभरेष्ट फाइनान्सको १० प्रतिशत नगद लाभांश र मर्जर प्रस्ताव पारित

Everest-Finance-AGM-final
सलमान खान

४ कात्तिक, भैरहवा । एभरेष्ट फाइनान्स लिमिटेडको १२औं वाषिर्क साधारणसभाले गत आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलार्इ १० प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

मंगलबार भैरहवामा सम्पन्न साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

साधारणसभाले नेपाल राष्ट्र बैंकको नीति अनुसार कुनै उपर्युक्त वित्तीय सस्था गाभ्ने वा गाभिने निर्णय गर्दै सो कार्यका लागि सबै विकल्पसहित काम अगाडी बढाउने निर्णयसमेत गरेको छ ।

संस्थाका अध्यक्ष डा. गोबिन्द बल्लभ भट्ट, सस्थापक धर्मराज श्रेष्ठ, साधारण सेयरधनी तथा सिद्धार्थ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बाबुकाजी शाक्य लगायतले एभरेष्ट फाइनान्सले यस क्षेत्रमा निर्बाह गरेको वित्तीय कृयाकलापका बारेमा चर्चा गरेका थिए ।

रुपन्देही सदरमुकाम भैरहवामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट फाइनान्सको कपिलवस्तुको तौलिहवामा एक शाखा र एक एक्सटेन्सन काउन्टर तथा नवलपरासीमा २ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्किले बताए ।

फाइनान्सको असोज मसान्तसम्म ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । फाइनान्सको चुक्ता पुँजी १० करोड ९३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment