Comments Add Comment

नक्कली डीभीडी बनाएर बेच्ने चार पक्राउ

४ कात्तिक, सिन्धुपाल्चोक । नक्कली भिडियो र डिभिडी सिडी बनाएर बिक्री गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्चीका चार जनालाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

मेलम्चीस्थित दुलाल मोवाईल हाउसका तारानाथ दुलाल, चालिसे मोबाईल सेन्टरका श्याममणी चालिसे, याङरीमा मोबाईल हाउसका दावा तामाङ र मोहन वाच सेन्टरका मोहन गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न कलाकारका गीत संगीत, नेपाली फिल्म, लेख रचनाहरु एकबाट अर्को रुपमा परिणत (कपी) गरी बिक्री गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले ५ ओटा कम्युटर, केहि मात्रामा खाली सीडी समेत नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथी लागेको आरोप प्रमाणित भएमा नेपाल प्रतिलिपी अधिकार ऐन अन्र्तगत कारबाही हुने ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment