Comments Add Comment

सुरुङ्गा गोल्ड कपको उपाधि झापा-११ लाई

jhapa-11-team

४ कात्तिक, झापा । झापाको सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कपको उपाधि झापा-११ ले हात पारेको छ । मंगलबार कनकाई उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइन खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लब सिलगढीलाई १-० को अन्तरले हराउँदै झापा-११ ले उपाधि जितेको हो ।
खेलको पहिलो हाफको २५ औं मिनेटमा झापा-११ का जर्सी नम्बर ८ का खेलाडी नरेन्द्र लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । सोही गोल नै खेलको निर्णायक गोल समेत भएको थियो ।  खेलको दोस्रोमा पटकपटक गोलका विभिन्न अवसरहरु सृजना भएको भएतापनि ती अवसरहरुको कुनै टिमले सदुपयोग गर्न सकेनन् ।
खेलमा कञ्चनजंघा फुटबल क्लबका जर्सी नम्बर १२ का खेलाडी निवास राना म्यान अफ द म्याच, कञ्चनजंघाकै राजु सिंह बेष्ट गोल किपर घोषित भएका थिए भने म्यान अफ द टुर्नामेन्ट झापा-११ का क्याप्टेन प्रवेश कटवाल घोषित भएका थिए । प्रतियोगिताको उपाधि जित्ने टोलीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ भने उपविजेता टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment