Comments Add Comment

भीमेश्वरका त्रिशूल र घण्ट कवाडीमा

Bhimeshwor-temple

५ कात्तिक, दोलखा । विश्‍व सम्पदा सूचीमा सूचीकृत भीमेश्वर मन्दिरमा भक्तजनले चढाएका त्रिशूल र घण्ट कवाडीमा लिलाम गरिएको छ। भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले पुरातत्त्व विभागलाई जानकारी नै नगराई मन्दिरका सामान लिलाम गरेपछि स्थानीय र भक्तजनले चर्को विरोध गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिरका कुनै पनि सामग्री खरिदबिक्री गर्न पुरातत्त्व विभागबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ। कानुन व्यवसायी श्यामकृष्ण मास्केले प्राचीन सामग्री आफूखुसी बिक्री गर्नु गलत भएको बताए। भीमेश्वर मन्दिर प्राचीन स्मारक एेनअन्तर्गत दर्ता भइसकेकाले मन्दिर व्यवस्थापन समितिसँग खरिदबिक्रीका लागि कुनै अधिकार नभएको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

मास्केका अनुसार मन्दिरको रूप परिवर्तनदेखि केही सामग्री खरिदबिक्री गर्नुपरेमा विभागको सिफारिस लिएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ। मन्दिरका जुनसुकै सामग्री बिक्रीवितरण गर्दा सार्वजनिक सूचना जारी गरी कोटेसन माग गर्नुपर्नेमा त्यस्तो नगरिएको उनले बताए।

स्थानीय इन्द्रलाल श्रेष्ठले प्राचीनकालदेखिका त्रिशूल र घण्ट बिक्री गर्दा इतिहास मेटिएको बताए। उनले त्यस्ता सामग्री नबेच्न पटकपटक आग्रह गर्दा पनि व्यवस्थापन समितिले एकलौटी निर्णय गरेर बेचेको आरोप लगाए। मन्दिरमा प्राचीनकालका त्रिशूल र घण्ट पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment