Comments Add Comment

बार्सिलोनाको जितमा मेस्सी र नेयमारको गोल

messi५ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले अयाक्सलाई पराजित गरेको छ । इएल क्लासिको अगाडि मंगलबार राति भएको खेलमा बार्सिलोनाले अयाक्सलाई ३-१ ले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले सातौं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । बार्सिलोनाका लागि पछिल्लो पाँच खेलमा उनको सातौं गोल समेत हो ।

२४ औं मिनेटमा आन्द्रे इनिष्टाको पासमा लिओनल मेस्सीले अग्रता दोब्बर पारे ।

Goalscorers Messi (left) and Neymar embrace in celebration following the former's strike which put Barcelona 2-0 up against Ajax

दोस्रो हाफमा प्रशिक्षक लुइस इनरिकेले नेयमार, मेस्सी र इनिष्टालाई आराम दिए । ८८ मिनेटमा गोल गर्दै अयाक्सले खेलमा फर्कने संकेत दिएको थियो ।

ततर अन्तिममा रामिरेजले गोल गरेपछि डच च्याम्पियनको खेलमा र्फकने सम्भावना सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment