Comments Add Comment

रोमाको पोष्टमा बार्यन म्युनिखको सात गोल

Robin५ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले रोमाविरुद्ध सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा जर्मन च्याम्पियन बार्यनले रोमालाई ७-१ गोलले पराजित गरेको हो ।
एकपक्षीय खेलको ३६ औं मिनेटभित्र बार्यनले ५ गोल गरिसकेको थियो । उसको जितमा आर्जेन रोविनले दुई गोल गरे ।

मारियो गोटेज, रोवर्टो लेभान्डोस्की, थोमस मुलर, फ्राङ्क रिबेरी र शाकिरीले गोल गरे ।  रोमाका लागि एक मात्र सान्त्वना गोल गार्भिन्होले गरेका थिए ।

अर्को खेलमा चेल्सीले एनके मारिबोरलाई ६-० ले पराजित गरेको छ ।  डिएगो कोष्टाविना मैदान उत्रिएको चेल्सीका लागि डिडियर ड्रोग्बाले चेल्सी फर्किएपछि पहिलो गोल गरेका छन् ।

हर्नान्डेजले दुई गोल गरे भने रेमी, टेरीले गोल गरेको खेलमा मारिबोरका भिलेरले आत्मघाती गोल गरेका थिए ।

अर्को खेलमा म्यानचेष्टर सिटीले भने दुई गोलको अग्रता जोगाउन नसक्दा सीएसकेए मस्कोसाग बराबरी खेलेको छ । २९ औं मिनेटा सर्जिओ एग्युरो र ३८ औं मिनेटमा मिलनरले गोल गरेका थिए ।

तर, ६४ औं मिनेटमा गोल गरेको मस्कोले ८६ औं मिनेटमा पेनाल्टी गोलमार्फत बराबरी गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment