Comments Add Comment

एमाओवादीलगायतका २२ दलले कात्तिक १० गते चियापान गर्ने

५ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको २२ दलीय गठवन्धनले काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ । गठबन्धनका तर्फबाट एमाओवादीका सचिव वर्षमान पुनले एक विज्ञप्ति जारी गरी कात्तिक १० गते काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।

नेपाल सम्वत् ११३५ र छठ, इद, बलिहाङ, तङनाम ल्होसारलगायत राष्ट्रिय पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गरिने पुनले जानकारी दिएका छन् ।

अघिल्ला वर्षहरुमा एमाओवादीले नेपाल सम्वत्को अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । नेपाली काँग्रेस र नेकपा-एमालेले यसअघि नै चियापानको आयोजना गरिसकेका छन् ।

विभिन्न ठाउँमा जनसभा गर्ने
त्यस्तै २२ दलीय गठबन्धनले देशका विभिन्न स्थानमा जनसभा गर्ने भएको छ । सहमतिका आधारमा संविधानका अन्तरबस्तु मिलाउनुपर्ने माग राख्दै आएका एमाओवादीसहित २२ दलको मोर्चाले कात्तिक १८ गते पाँचथरको फिदिममा, २२ गते धनुषाको जनकपुरमा र २९ गते कैलालीको धनगढीमा जनसभाको आयोजना गर्ने जनाएका छन् । जनसभामा मोर्चामा रहेका दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दबाब दिने उद्देश्यले मुलुकका ७५ वटै जिल्लामा विचारगोष्ठी, अन्तक्रिर्यालगायतका कार्यक्रम गर्नसमेत निर्देशन दिइएको सचिव पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment