Comments Add Comment

पर्वमा फिल्मको प्रभाव घट्दै, कुस्ती खेल्न छाडे निर्माता

 rekha
काठमाडौ । चाड पर्वको अवसरमा फिल्म चलाउने विषयमा निर्माताहरु हातहालाको स्थितीमा पुगेको अझै बिर्सेका छैनन् निर्माता केशब भट्टराइले । दसैं, तिहार, माघे सक्रान्ती र नयाँ वर्षमा मुलुकभर पाँच-छ वटासम्म फिल्म रिलिज हुन्थे ।
अरुबेला पनि हप्ताको शुक्रवार तीनवटा फिल्म रिलिज हुन्थे । ‘चाड बाड त आउनै हुन्नथ्यो । के के न पाउँला झै गरेर मरिहत्ते गर्थे । अहिले अलि सुधि्रएका छन् ।’ निर्माता संघका महासचिब समेत रहेका भट्टराईले अनलाइनखबरसँग भने ।
आफुलाई पुराना र स्थापित दाबी गर्ने निर्माताहरु चाड लक्षित फिल्म प्रदर्शनको तिथि मिलाउँछन् । ५ वर्ष अघिदेखी दसैंको फुलपातीमा फिल्म रिलज गर्दै आएका छबी ओझाले रेखा थापासँग छुटि्टए लगत्तै फिल्म प्रदर्शनको तिथि सारेर तिहार पुर्‍याएका छन् ।
उनकी पूर्वपत्नी रेखा थापाले भने फूलपाती केन्दि्रत कारोवार कायमै राखिन् । बैशाखमै हिम्मतवालीको रिलिज मिति दसैको फुलपाती भनेर घोषणा गरेकी रेखाले अर्को दसैंमा पनि आफ्नो नयाँ फिल्म आउने दाबी गरिन् ।
रेखाले फुलपातीमै फिल्म रिलिज गरेपनि अन्य निर्माताले सोही मितिमा अरु फिल्म चलाइदिएनन् । जबकी अघिल्ला वर्ष तीन चारवटासम्म फिल्म रिलिज हुन्थे ।
पछिल्ला केही वर्षयता चाड लक्षित फिल्मको ब्यापार खासै राम्रो छैन । चाड पर्वमा रमाइलो गर्ने माध्यमहरु थपिदै गएपनि केही फिल्म निर्माताहरु मनोरञ्जनको एक मात्र विकल्प फिल्म मात्रै हो भन्ठान्छन् ।
फिल्म नचलेपछि निर्माता हच्किए
केही फिल्म ठिकै चल्दा पनि निर्माताहरु नराम्ररी जुर्मुराउँथे । दसैं, तिहार जस्ता पर्वमा चलाएको फिल्मले राम्रो पैसा कमाएको हल्लाकै भरमा निर्माताहरु फिल्म चलाउन तँछाडमछाड गर्थे ।
निर्माताहरुमा देखिएको यस किसिमको अस्वस्थ प्रतिस्पर्धालाई बढाउन कतिपय हलवालाले पनि सहयोगी भुमिका निर्वाह गर्थे । एकैपटक धेरै फिल्म लाग्दा निर्मातालाई घाटा भएपनि हलवालालाई फाइदै हुन्थ्यो ।
कतिपय हलवाला यस्ता पनि थिए कि नयाँ फिल्म नपाएपछि फिल्म रिलिजको पखाइमा रहेका तर, मौका नपाएका निर्मातालाई रिलिजका लागि उक्साउँथे । त्यसरी हौसिएर सिमित हलमा फिल्म लगाउने निर्माताहरु लगातार डुबेपछि अहिले अलिकति संयमित हुन थालेका छन् निर्माताहरु ।
मुलुकभर एउटै फिल्म
डिजिटल प्रणालीवाट फिल्म प्रदर्शन गर्ने शैलि सुरु भएपछि केही निर्मातालाई राहत मिलेको छ भने प्रदर्शन प्रणाली पनि केही ब्यबस्थित भएको छ ।
डिजिटल प्रविधी सुरु हुनु अघि काठमाडौमा छुट्टै र मोफसलमा छुट्टै फिल्म रिलिज हुन्थ्यो । अहिले त्यो चलन हटेर मुलुकभर एउटै मितिमा एउटै फिल्म लाग्न थालेको छ । यो शैलिले पनि केही राहत मिलेको निर्माताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment