Comments Add Comment

छविले च्याप्दा शिल्पालाई समस्या, आर्यन ओझेलमा

silpa-and-aryan-dance
सिनेमाको प्रचारमा विशेषगरि चलेका कलाकार नै अगाडि देखिन्छन् । तर, छविराज ओझा भने सिनेमा चलाउन यतिबेलाका चर्चित नायक आर्यन सिग्देललाई पछाडि राखिरहेका छन् । मोडलबाट हिरोइन बन्ने धुनमा लागेकी शिल्पालाई अगाडि सार्दै छविले आर्यनलाई प्रचारमा कुनै स्थान दिएको पाइँदैन ।
शिल्पालाई अगाडि सार्दा छविलाई केही फाइदा पुगेको देखिन्छ । शिल्पा र छविको प्रेमको चर्चाले उनको सिनेमा लज्जाको प्रचार भैरहेको छ । छविका लागि हिरोइनसँग नाम जोडेर सिनेमाको प्रचार गर्नु कुनै नौलो तरिका होइन ।
नायिका रेखा थापा हुन् या रजनी केसी नै, छविका विभिन्न स्क्यान्डलमा परिसकेका छन् । छविका लागि यो प्रेम र विवाहको स्क्यान्डलले ब्यबसायिक लाभ दिए पनि शिल्पाको करिअरलाई भने सुरुवातमै घाटा लाग्ने देखिएको छ ।
के छ त घाटा शिल्पालाई ?
दैनिकजसो मिडियामा छविले बिहेका प्रस्ताव राखेका, स्विकार गरे बिहे गर्छु जस्ता कुरा आउँदा शिल्पा यतिबेला तनावमा छिन् । उनले छविसँग आफ्नो सम्बन्ध निर्माता र हिरोइनको मात्र भएको बताउनु परेको छ । कारण, उनलाई अब आगामी प्रोजेक्टमा काम गर्न गाह्रो पर्छ ।
छविकी हिरोइन भनेर चर्चामा आउँदा शिल्पालाई अन्य निर्माताले नपत्याउन पनि सक्छन् । अर्कोतिर, बजारमा शिल्पाको बारेमा सकारात्मक भन्दा नकारात्मक सन्देश धेरै गएको छ । एक पाका निर्मातासँग भर्खरकी यूवतीको नाम जोडिदा त्यसले फाइदा भन्दा घाटा धेरै गर्छ । यही कुरा वुझेर होला सायद, शिल्पालाई यतिबेला स्पष्टिकरण दिदै हिड्नु परेको छ ।
एउटा स्थानमा पुगेर यस्ता स्क्यान्डलमा परेको भए सायदै शिल्पालाई घाटा लाग्दैन थियो होला । तर, सिनेमा करिअरको सुरुवातमै यस्तो चर्चामा रहदा नव नायिकालाई फाइदा नहुने पक्का छ ।
आर्यन किन ओझेलमा ?
शिल्पा र छविको चर्चाले आर्यन ओझेलमा परेका छन् । आर्यनलाई नम्बर १ भन्ने छविले उनलाई नै प्रचारमा स्थान नदिनु आफैमा बिरोधाभाषयुक्त छ । शिल्पा र आफ्नो प्रेम र विवाहको कुरा गर्दा गर्दै छविले आर्यनलाई विर्सिए । एक चर्चित हिरोको बोली नै ओझेलमा पर्दा उनका लाखौ फ्यानहरु तितरवितर पर्न सक्छन् । यसअघि रेखा थापाको स्टारडमले काम गथ्र्यो । छविले रेखालाई प्रश्रय दिएर हिरोलाई ओझेलमा राख्दा खासै फरक पर्दैनथ्यो । तर,  यतिबेला नव नायिका छन् । जसको भन्दा धेरै फ्यान आर्यनको सिने बजारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment