Comments Add Comment

मेलम्ची बजार खुल्यो, यातायात पनि चले

५ कात्तिक, सिन्धुपाल्चोक । नक्कली डिभिडी र भीसीडी बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै सिन्धुपाल्चोक मेलम्चीका व्यापारीहरुले बुधबार विहान गराएको बजार तथा यातायात बन्द स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएपछि मेलम्ची बजारहरु खुलेको छ भने यातायातका साधन पनि निर्वाधरुपमा सन्चालनमा आएका छन् ।

प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेकाले आन्दोलनको केही प्रभाव नपार्ने निष्कर्षसहित ब्यापारीहरु आन्दोलन फिर्ता लिन बाध्य भएका हुन् ।

पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग गर्दै स्थानीय व्यापारीहरुले बजार तथा यातायात सेवा बन्द गराउदा विहान जनजीबन प्रभावित भएको थियो ।

नक्कली डिभिडी र भिसीडी बनाएर बिक्री गरेको भन्दै प्रहरीले मेलम्चीस्थित दुलाल मोवाईल हाउसका गणेश दुलाल, चालिसे मोबाईल सेन्टरका श्याममणी चालिसे, याङरीमा मोबाईल हाउसका दावा तामाङ र मोहन वाच सेन्टरका मोहन गौतमलाई मंगलबार पक्रेको थियो ।

पक्राउ परेका चारैजनालाई प्रतिलिपी अधिकार ऐन अन्तर्गत कारवाही अघि बढाइएको छ । जिल्ला अदालत चौताराबाट म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक चन्ऽबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment