Comments Add Comment

बारा दुर्घटना मृत्यु हुनेको संख्या ६ पुग्यो

५ कात्तिक, बारा । अमलेखगन्जमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ५ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बस चालक बारा बुनियाद ७ का सर्बजित प्रसाद यादब, बारा मनहर्वा ७ की कुन्तादेवी दाहाल, बारा खुटवाका अमितकुमार साह, ठेगाना नखुलेका लक्ष्मी तामाङ र प्रबेश तमाङ रहेका छन् । अन्य दुईजनाको भने सनाखत नभएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

हेटौडाबाट पथलैया तर्फ जादै गरेको ना ३ ख ८२८५ नम्बरको ट्रक, ना २ ख ८७११ नम्बरको ट्याक्टर र पथलैयाबाट नारायणगढ तर्फ आउदै गरेको ना ४ ख १९४४ नम्बरको बस आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment