Comments Add Comment

गोकर्णबाट विना निश्कर्ष फर्किए शीर्षनेता

अपडेट
५ कात्तिक, काठमाडौं । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । ९ गते पुनः छलफलमा बस्ने सहमति गर्दै उनीहरू बैठकबाट उठेका छन् ।

संविधानमा सहमति जुटाउन गोकर्ण रिसोर्ट पसेका नेताहरु दुई दिनसम्म काग तिहार र कुकुर तिहार मनाएर रित्तो हात फर्किएका हुन् । पुरानै छलफलबाहेक कुनै निष्कर्षमा नपुगेको तीन दलका शीर्षनेता अब तिहार सकेर मात्रै फेरि छलफलमा बस्ने भन्दै बुधवार अपरान्ह गोकर्णबाट फर्किए।
3-dal-meeting-1-Final

दलहरुका आ-आफ्ना अडान यथावत रहेको र संघीयतामा कांग्रेस एमालेसँग एमाओवादीको कुरा नमिलेका कारण तिहारपछि फेरि बस्ने गरी फर्किएको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।

संविधानसभाले दलहरुलाई सहमतिका लागि अन्तिम मौका दिँदै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई कात्तिक १५ सम्मको म्याद दिएको छ ।

समितिका सभापति डा. बाबुराम भट्टराईले कात्तिक ४ र ५ गतेको गोकर्ण बैठकले दलहरुका बीचमा सकारात्मक वातावरण बनाएको बताएका छन् ।
सम्वाद समितिको संयोजनमा तीन दलका शीर्ष नेताहरुको दुई दिनसम्म चलेको बैठकपछि सभापति भट्टराईले सकारात्मक वातावरण बनाएको र आपसमा खुल्ला कुरा भएको बताए ।

उनले भने-छलफलका क्रममा शीर्षनेताहरुका बीचमा संविधानमा सहमति कायम हुन बाँकी रहेका विषयहरुः राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली, यी विषयमा गम्भीर ढंगले कुराकानी भयो ।

दुई दिनसम्म चलेको बैठकमा औपचारिक र अनौपचारिक, समूहगतरुपमा र छुट्टाछुट्टै छलफलहरु भएका थिए ।

3-dal-meeting-2-final‘दलहरुका बीचमा खासगरी संघीयताको प्रश्न, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा अहिले पनि गम्भीर प्रकृतिका मतभेदहरु यथावत छन् ।

‘फेरि पनि १२ बुँदे समझदारीदेखि यताका सहयात्रीहरुका बीचमा सहमति आवश्यक छ भन्ने बोध र प्रतिवद्धता सबैबाट व्यक्त भएको छ’, भट्टराईले भने -‘तिहारभर सबैले आ-आफ्नो पार्टीमा सर-सल्लाह गर्ने र तिहारको लगत्तै ९ गते फेरि बैठक बसेर यी विषयहरुलाई टुंगो लगाउने भन्ने सहमति भएको छ ।’

संघीयता, राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने प्रयास सहित नेताहरु बुधबार बिहानैदेखि गोकर्ण रिसोर्टमा भेला भएर मेवा र केरा खाँदै छलफलमा जुटेका थिए।

राजधानीबाट करीब १५ किलोमिटर उत्तर-पूर्व गोकर्ण जंगलमा अवस्थित गोकर्ण भिलेज रिसोर्टमा आवासीय बैठक गर्न गएका नेताहरुको जमघट मंगलवार वनभोज जस्तो मात्र भयो ।

3-dal-meeting-6विशेष गरी संघीयताका विषयमा कांग्रेस एमाले एकातिर, एमाओवादी अर्कातिर भएकाले मंगलवारको बैठक निष्कर्षविहीन भएको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।
आवासीय बैठक भनिए पनि एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, एमाओवादी अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेस उपसभापति रामचन्द्र पौडेल तथा बरिष्ठ नेता शेरबहादुर देउवा साँझ घर फर्किएका थिए ।

3-dal-meeting-4एमाले नेता माधव नेपाल, कांग्रेस नेता कृष्ण सिटौला र एमाओवादी नेता डा. बाबुराम भट्टराई रिसोर्टमै बसेर अनौपचारिक छलफलमा जुटेका थिए ।

3-dal-meeting-5एमाओवादीले दश प्रदेश र कांग्रेस एमालेले बढीमा ७ प्रदेश भनेका कारण सहमति हुन नसकेको पोखरेलले बताए ।

नेताहरु बुधबार बिहानैदेखि पुनः अनौपचारिक छलफलमा जुटेका थिए । सबै नेताहरु गोकर्ण पुगेपछि शीर्ष नेताहरुको औपचारिक छलफल प्रारम्भ भएको एमाओवादी नेता डा. भट्टराईले ट्वीट गरेका छन् ।

3-dal-meeting-7एमाओवादी प्रदेशको संख्यामा लचिलो हुने र कांग्रेस एमाले प्रदेशको नाममा लचिलो हुने हो भने दलहरुबीचको विवाद साँघुरिँदै गएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment