Comments Add Comment

अर्थमन्त्री महत बेइजिङ प्रस्थान

20141022_105332५ कात्तिक काठमाडौं । एसियन इन्फ्रस्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन ।

चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न लागेका हुन ।

एसियाली मुलुकहरुमा विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकमा नेपालले पनि संस्थापक बन्ने निर्णय गरिसकेको छ । नेपालका तर्फबाट उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री डा रामशरण महत बुधबार बेइजिङ गएका छन् ।

अर्थसचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका उच्च पदाधिकारीहरुले अर्थमन्त्री डा महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । अर्थमन्त्रीका साथमा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी पनि संलग्न छन ।

सो बैंक स्थापनाका लागि थुप्रैपटक तयारी बैठकहरु सम्पन्न भैसकेका छन र सन २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना रहेको छ । चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भैसकेको छ । अर्थमन्त्री शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment