Comments Add Comment

गाई अनुसन्धानका हाकिम दुई लाख घुससहित पक्राउ

५ कात्तिक, काठमाडौं । गाई तिहारको अघिल्लो दिन गाई अनुसन्धानसम्बन्धी एक सरकारी कार्यालयका हाकिम सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधवार राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको हो ।

कृषि मन्त्रालयको नार्कअन्तर्गत गाई अनुसन्धान कार्यक्रमको खुमलटारस्थित कार्यालयमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले सो घुस रकम बरामद गरी थप अनुसन्धान गरिरहेकाले अन्य विवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment